कैलालीका एक जना मृत अवस्थामा फेला
२०८३ जेठ १२, ०७:०८
धनगढीः कैलालीका एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका–६ खरुवाखेडा स्थित सितल सामुदायिक वन नजिकै रहेको खेतबारीमा सोही ठाउँ वस्ने ४० वर्षीय खडक बोहरा मृत अवस्थामा फेला परेका हुन्। बोहरा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस