सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जीप दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

२०७६ भदौ १३, ०६:१३ खबर संवाददाता

अछाम – जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु गएको छ। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद सोही ठाउँका किथ्थी साउद रहेका छन्। साँफेवगरबाट मेल्लेख जादै गरेको से १ ज ९८६ नम्वर को जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको गाउँपालिकाका अध्यक्ष लोकवहादुर बोहराले जानकारी दिए। घाईते मध्ये ४ जना गम्भिर रहेको उनले बताए।  दुर्घटना के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस