सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहाबाट हराएका एक बालकसहित तीन जना सकुशल भेटिए

२०८३ जेठ ५, ०२:४४ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ गप्काबाट बेपत्ता भएका एक बालकसहित तीन जना घरबाट करिब २ किलोमिटर टाढा फेला परेका छन्।

स्थानीय बासिन्दा र प्रहरीको संयुक्त खोजीका क्रममा उनीहरूलाई सुरक्षित अवस्थामा फेला पारिएको हो।

सोमबार बिहान ११ बजेदेखि बेपत्ता भएका गप्काका १२ वर्षीय बालक राजेन्द्र साउँद, १८ वर्षीय विनोद साउँद र धनगढी घर बताउने १९ वर्षीय कृष्ण मल्ललाई स्थानीय र प्रहरीले खोजी गर्दै आएका थिए।

खोजीका क्रममा उनीहरू फेला परेका राजेन्द्रकी मामलीतर्फकी बज्यै धनसरादेवी साउँदले जानकारी दिएकी छन्।  

कमेन्ट लोड गर्नुस