सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री शाहले याक चिजसहितको तस्वीर सार्वजनिक गरेपछि बजार प्रवर्द्धन हुने अपेक्षा

२०८३ जेठ ३, १०:०८ खबर संवाददाता

काठमाण्डौ: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले हिजो सामाजिक सञ्जालमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गर्नुभयो । यसको अहिले व्यापक चर्चा भइरहेको छ ।

प्रधानमन्त्री शाहले ‘से चिज, डीडीसीको चिज’ भन्दै फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्नुभएको हो । यसबाट याक चिजको बजार प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । स्वदेशी उत्पादन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने धेरैको बुझाइ पनि छ ।

डीडीसीले उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट याक चिज उत्पादन गर्छ । वर्षमा झण्डै ३६ हजार किलो याक चिज उत्पादन हुँदै आएको डीडीसीले जनाएको छ । डीडीसीका देशभरका १४ चिज उत्पादन केन्द्रबाट चिज उत्पादन हुने गरेकोमा यीमध्ये ८ केन्द्रबाट याक चिज उत्पादन हुने गरेको डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस