सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा जीप दुर्घटना : तीन जना घाईते

२०७६ भदौ १२, ०२:०९ खबर संवाददाता

बाजुरामा बिहिवार बिहान जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाईते हुनेमा मुगु जिल्लाको खत्याड गाँउपालिका वडा नम्बर १० ह्याँलुका २८ वर्षिया जनादेवी रोकाया, १६ वर्षिया सृजना कार्की र भारतको सितामणी जिल्लाका सुमित साह रहेका छन्।

रोकाया र कार्कीलाई उपचारका लागि नियमित हवाइसेवा मार्फित नेपालगञ्ज लगिएको बाजुरा प्रहरी प्रमुख उद्धव सिँह भाटले बताए। शाहको अवस्था सामान्य छ। जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर १ मटेला गाँउ नजिक से १ ज १०६४ नम्बरको जीप दुर्घटना भएको थियो। जीपको बे्रक फेल भएर दुर्घटना भएको बाजुरा प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस