सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वर्षा, राहत महसुस

२०७६ भदौ १२, १२:०१ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी सहित वरपरका विभिन्न स्थानमा आज धेरै दिनपछि वर्षा भइरहेको छ। मनसुन भित्रिएको दुई महिना वितिसक्दा समेत पर्याप्त बर्षा नभएको बेला आज मौसममा बदली भई बर्षा भईरहेको हो

गर्मी बढेको बेला बर्षापछि राहत महसुस भएको छ। मनसुन भित्रिएको दुई महिना सम्म पनि सुदूरपश्चिमका अधिकासं क्षेत्रमा पर्याप्त बर्षा नहुँदा गर्मी घट्न सकेको थिएन्। 

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मनसुनको न्यूनचापीय रेखा अर्थात पानी पार्ने प्रणाली तराईको भूभागमै विकास भईरहेकोले अवका केही दिन सम्म बर्षा हुने सम्भावना रहेको छ। 

न्यूनचापीय रेखा जहाँ बनेको हुन्छ, त्यसवरपर पानी पार्ने प्रणाली शक्तिशाली बनेको हुन्छ र वर्षा बढी हुन्छ। 
 

कमेन्ट लोड गर्नुस