सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ब्लेटले आफ्नै शरिर काट्ने एक जना पक्राउ

२०७६ भदौ १२, ०७:१३

कैलालीमा ब्लेटले आफ्नै शरिर काटेर दोश्रोको नाममा उजुरी दिने एक जना पक्राउ परेका छन्। डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्वर ३ बस्ने २५ बर्षीय हेम प्रकाश मल्ल पक्राउ परेका हुन्।

गोदावरी नगरपालिका वडा नम्वर ४ गोदावरी जंगलमा अपरिचित व्यक्तिले आफ्नो श्रीमतिसंग अलग हुनु भनि बिभिन्न मेसेज गर्ने गरेको र सोहि व्यक्तिले आफुलाई धारिलो हतियारले आफ्नो शरिरका बिभिन्न भागमा काटी घाइते बनाएको भन्दै उनले कैलाली प्रहरीमा उजुरी दिएका थिए।

‘तत्काल उनको उद्दार गरी सामुदायिक अस्पताल अत्तरियामा उपचार गराएका थियौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘मल्ल आफ्नो व्यक्तिगत कमजोरीको कारणले गर्दा श्रीमतिसंग अलग हुनको लागि आफैले अर्को नम्वरबाट आफ्नो नम्वरमा धम्काएको मेसेज पठाउने कुरा खुल्न आएपछि पक्राउ गरेका छौँ।’ 

उनको मानसिक समस्या समेत रहेको देखिएकोले आफन्तको जिम्मा लगाईएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस