सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एक सय ७७ कडी, ९ फ्रेम र ५ गोलिया काठ बरामद

२०७६ भदौ १२, ०७:०३ खबर संवाददाता

कैलालीका विभिन्न स्थानबाट प्रहरीले एक सय ७७ कडी, ९ फ्रेम र ५ गोलिया काठ बरामद गरेको छ। विभिन्न फरक–फकर स्थानबाट सो काठ बरामद गरिएको हो। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ४ चुरे राष्ट्रिय बनमा काठ चोरी पैठारी भई रहेको भन्ने सुचनाको आधारमा एक सय १४  कडी र ९ वटा फ्रेम बरामद गरिएको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा खटिईएको प्रहरी टोलीले सो वन भित्र चेकजाच गर्दा एक १४ कडी र नौँ वटा फ्रेम बेबारिसे अवस्थमा भेटिएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आवश्यक कारबाहीका लागी ईलाका वन कार्यालय अतरियामा पठाईएको र सो कार्यमा संलग्न व्यक्तीहरुको खोज भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। यस्तै प्रहरीले धनगढीबाट पाँच गोलीया काठ बरामद गरेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ११ घोडसुवाबाट सो काठ बरामद गरिएको हो। अस्थाई प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिईएको प्रहरी टोलीले सो स्थानमा चेकजाच गर्दा सडक छेउमा बेबारिस अवस्थामा सिसमको ५ गोलीया काठ बरामद गरी आवश्यक कारबाहीका लागी डिभिजन बन कार्यालय धनगढीमा पठाईएको प्रहरीले जनाएको छ। 

यस्तै धनगढीबाटै थप ६३ कडी काठ बरामद गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १२ जुगेडाबाट उक्त काठ बरामद गरिएको हो। वडा प्रहरी कार्यालबाट खटिईएको प्रहरी टोलीले सो स्थानमा चेकजाच गर्दा साल र लिप्टिसका ६३ कडी काठ बरामद गरी आवश्यक कारबाहीका लागी डिभिजन बन कार्यालय धनगढीमा पठाईएको जिल्ला प्रहरी कबार्यालय कैलालीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस