सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी नगरपालिकाले डल्लो बजेट राखेर लाखौँ घोटाला गरेको आरोप

२०७६ भदौ १०, ०७:०६ कमल सावद

कैलालीको घोडाघोडी नगरपालिकाले भैपरी आउने कार्य सञ्चालनका लागि कोष स्थापना गरि घोटाला गरेको आरोप लागेको छ। गत आर्थिक बर्षमा आकस्मिक भैपरी आउने कोषमा एक कराड २१ लाख ४४ हजार बजेट राखिएकोमा लाखौँ घोटाला भएको आरोप लागेको हो। कोषमा भएको उक्त रकमले नगर क्षेत्रमा कुनै समस्या भए, तत्काल समाधानका लागि वजेट विनियोजन गर्ने लक्ष्य थियो।
तर मेयर ममता प्रसाद चौधरीको निर्देशनमा नियमित कार्यक्रमहरुमा समेत सो रकम खर्च भएपछि आर्थिक हिनामिना भएको आरोप लागेको हो। एक करोड २१ लख ४४ हजारको डल्लो बजेटबाट नगरपालिकाले सञ्चालन गर्ने नियमित विकास कार्यक्रमहरु सञ्चालन गरिएका छन्। ‘निकटका व्यक्ती र कार्यकर्ताहरुलाई खुसि पार्न डल्लो बजेट राखिएको रहेछ,’ घोडाघोडी नगरपालिकामा नेपाली काग्रेसबाट मेयरीकी प्रत्यासी रिता चौधरीले भनिन्, ‘ठुलो रकम हिनामिना भएको छ, भैपरी आउने समस्याका लागि भन्दै राखिएको सो रकमका योजनाहरुमा आर्थिक हिनामिना भएको पाएका छौँ। ’

कुनै योजनाको पनि भौतिक प्रगति पूर्ण नभएपनि भुक्तानी पूर्ण दिइएको उनको आरोप छ। डल्लो बजेट मार्फत ३३ वटा शिर्षक बनाएर नगरपालिकाले एक करोड २० लाख ३९ हजा खर्च गरेको छ। सडक ग्रावेल, सिँचाई नहर निर्माण, सामुदायिक भवनको घेरवार, अस्थायी ट्राफिक पोष्ट, मन्दिर मर्मत, कल्भर्ट निर्माण, माटो पटान, विद्यालयको भवन निर्माण लगायतका शिर्षक राखेर उपभोक्ता समिति माफर्त योजना कार्यान्वयन गरिएको थियो। 
तर मेयर ममता प्रसाद चौधरीले प्रतिपक्षको आरोप मात्र रहेको बताए। उनले भने, ‘त्यो प्रतिपक्षले लगाउने आरोप मात्र हो, नगरपालिकाले परेको क्षेत्रमा रकम खर्च गरेको छ। वडा कार्यालयको सिफारीसमा मेयर र उप–मेयरको निर्देशन कार्यक्रम दिइएको हो। भौतिक प्रगति अनुसार नै रकम भुक्तनी भएको छ।’ 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस