सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय धनगढीमा पुनः प्रयोगात्मक परीक्षाका लागि शुक्रबार काउन्टर खुल्ने

२०८३ वैशाख १४, ०७:१३ जयन्त सिंह भाट

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढीले अबदेखि हरेक हप्ताको शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पुनः प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा दस्तुर बुझाउने काउन्टर खुला राख्ने भएकाे छ।

एक सुचना जारी गर्दै कार्यालयका सूचना अधिकारी सुरेश ओखेडाकाले सार्वजनिक बिदा परेको दिन बाहेक प्रत्येक शुक्रबार परीक्षार्थीहरूले नियमानुसार आवश्यक कागजातसहित उपस्थित भई दस्तुर बुझाउन सक्ने बताएका छन्।

उनका अनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा, ई–रिक्सा, मिनिबस, मिनिट्रक, बस, ट्रक तथा हेभी इक्विपमेन्टका विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रका लागि पुनः प्रयोगात्मक परीक्षा दिन चाहने परीक्षार्थीहरूका लागि यो व्यवस्था लागू गरिएको हो।

यसभन्दा पूर्व रिट्रायल दिनका लागि परीक्षा दस्तुर बुझाउन परिक्षार्थीहरुले कार्यालयको सूचनाको प्रतिक्षा गरिराख्नु पर्थ्यो। नयाँ लाइसेन्सको लागि एक पटक लिखित परीक्षा उतिर्ण गरेका पछि पहिलो पटक ट्रायल र दुई पटक रिट्रायल गरि तीन पटक सम्म ट्रायल/रिट्रायल र थप वर्गको लागि पहिलो पटक ट्रायल र दुई पटक रिट्रायल गरि तीन पटक सम्म ट्रायल/रिट्रायल दिने व्यवस्था रहेको छ ।

लगातार तीन पटक सम्म ट्रायल/रिट्रायलमा असफल भएपछि ९० दिनपछि फेरी अनलाइन फारम भरी आवेदन दिनुपर्ने व्यवस्था रहेको छ। रिट्रायल दस्तुर ५ सय रूपैया रहेको छ। 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस