सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत हुने सहमति

२०८३ वैशाख १४, ०१:४० खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन हुने भएका छन्।

संसदीय दलको नेता चयन सर्वसम्मत ढंगले टुंग्याउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले पार्टीभित्र एकताको सन्देश प्रवाह हुने निष्कर्षसहित आङ्देम्बेको नाममा सहमति गरेको हो।

कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार आङ्देम्बेलाई संसदीय दलको नेतामा चयन गर्ने विषयमा सहमति भइसकेको छ।

आङ्देम्बे समानुपातिकतर्फबाट सांसद निर्वाचित भएका हुन्। यसअघि अर्जुननरसिंह केसीले पनि सर्वसम्मत रूपमा चयन भएमा संसदीय दलको नेतामा दाबी गर्ने इच्छा व्यक्त गरेका थिए। केसी र आङ्देम्बे दुवै समानुपातिक प्रणालीबाट निर्वाचित र पूर्व सहमहामन्त्री हुन्।

कमेन्ट लोड गर्नुस