छैटौं एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल समूह विजेता
काठमाडौं: चीनको सान्या शहरमा आयोजना भइरहेको एशियन बिच कबड्डी प्रतियोगितामा आज भएको खेलमा नेपालले बंगलादेशलाई ३८–३६ ले पराजित गर्दै समूहको पहिलो स्थान पक्का गरेको छ ।
समूह ‘बी’का तीनवटै खेल जितेर नेपाल समूह विजेता बनेको हो ।
नेपालले आजै समूह ए को उपविजेता श्रीलंकासँग खेल्नेछ । समूह एको विजेता भने भारत छ ।
समूह बीको अंक तालिकाको पहिलो स्थानमा रहेको नेपालसँग ६ अंक छ । उपविजेता बंगलादेशको ४ र तेस्रो स्थानमा रहेको थाइल्याण्डसँग २ अंक छ ।