सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अत्तरियाका एक युवक एक सय आठ दिनदेखि तपस्यामा

२०७६ भदौ १०, १२:१२ खबर संवाददाता

कैलालीका एकजना युवक एक सय आठ दिनदेखि तपस्यामा बसेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ बसन्तपुरका विलियम मिजार अन्न नखाएरै विगत एक सय आठ दिनदेखि जंगलमा तपस्यामा बसेका हुन्। गत बैसाख २८ गते देखी गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाह्रवनमा आफूलाई सत्यम् नामले चिनाउँदै मिजार तपस्यामा बसेका हुन्।

पूर्व पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका ६ को बनबेहेडादेखि झण्डै ३ किलोमिटर भित्र पर्ने बाह्रवनमा तपस्या गरिरहेका उनलाई घर फर्काएर लगेका थिए तर फेरी फर्किएर तपस्यामै बसेका हुन्। पहेलो वस्त्रको पहिरनमा रहेका युवकले अन्न नखाएर भगवान गौतम बुद्धको ध्यान गर्दै आएको बताईएको छ।

उनले आफुले ध्यानकै क्रममा ईश्वरबाट निर्देशन पाउने र सोही अनुसार काम गर्ने बताउने गरेको परिवारका सदस्यहरु बताँउदछन्। यस अघि काठमाडौमा बाईवलको अद्ययन समेत गरेका विलियमले वाईवलको अद्ययन छोडी लुम्बिनि ध्यान गरेर फर्किएको उनका आफन्तले बताएका छन्।

त्यँहाका स्थानियहरुका अनुसार सुरुको ५ दिन सम्म पानी समेत नखाई ध्यानमा बसेका उनले अहिले ध्यानवाट बाहिर आएपछि बेलुका पख पानी र केहि फलफुल खाने गरेको भएपनि एक सय आँठ दिन पुगिसक्दा पनि अन्नलाई छोएका समेत छैनन्।

सुरुमा लुम्बिनिबाट नै भगवान गौतम बुद्धको मुर्ति आफै बनाएर ल्याई जंगलभित्र आफ्नो केही भागलाई गोलघेर बनाई भगवान गौतम बुद्धको मुर्ति त्याँहा राखेर उनी तपस्यामा बसेका थिए। 
 

कमेन्ट लोड गर्नुस