सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना: एक बालकको मृत्यु, २० जना घाइते

२०८३ वैशाख १०, ०३:५१ खबर संवाददाता

काठमाडौं: प्युठानको स्वर्गद्वारीतर्फ गइरहेको भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटनामा परेको छ, जसमा एक बालकको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।

बिहीबार (वैशाख १०) दिउँसो प्युठान नगरपालिका–४ स्थित टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन्।

भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको उक्त जीपमा पाँच बालबालिकासहित सबै भारतीय तीर्थयात्री सवार थिए। दुर्घटनामा परेर एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। जीप चालक नेपाली नागरिक रहेका छन् र उनी पनि घाइते भएका छन्।
 

कमेन्ट लोड गर्नुस