कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
२०८३ वैशाख ८, ०८:११
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७८ हजार २ सय बराबरको सामान प्रहरीले बरामद गरेको हो। भन्सार छलीका किराना सामान, कपडा, पंख्खा र साईकलका टायर लगायत अन्य सामान सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस