सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ

२०८३ वैशाख ८, ०७:५९ खबर संवाददाता

धनगढीः चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र १५ हजार जरीवाना तोकिएको घोडाघोडी नगरपालिका–१ बस्ने २४ वर्षीय जिबन कुमार पार्की पक्राउ परेका हुन्। पार्कीलाई इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरी टोलीले सोमवार उनको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस