रास्वपा सचिवालय १६ सदस्यीय, सागर ढकाल र सरिताश्री ज्ञवाली थपिए
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै १६ सदस्यीय बनाएको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालयमा समावेश गर्ने निर्णय गरेको हो। सभापति रवि लामिछाने को प्रस्तावलाई केन्द्रीय सदस्यहरूले पारित गरेका हुन्।
यसअघि १४ सदस्यीय रहेको सचिवालय अब १६ सदस्यीय बनेको छ। सचिवालयमा सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकाटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनीष झा, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ रहेका छन्।
त्यस्तै सदस्यहरूमा दीपकराज बोहरा, विराजभक्त श्रेष्ठ, सोविता गौतम, गणेश पराजुली, शिशिर खनाल, हरि ढकाल, सागर ढकाल र सरिताश्री ज्ञवाली रहेका छन्।