सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाली विकास बैंकको मिसन टोली धनगढीमा

२०७६ भदौ ९, ०६:०८ खबर संवाददाता

एसियाली विकास बैंकको मिसन टोली धनगढीमा आएको छ। सो क्रममा मिसन टोली, क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उप–महानगरपालिबिच सोमबार छलफल पनि भएको छ। तीनै पक्षहरुले क्षेत्रीय शहरी विकास आयोजना र त्यसको आन्तरिक कार्यप्रगतीको बिषयमा समिक्षा गरेका हुन्। 

क्षेत्रीय शहरी विकास कार्यक्रमको कार्य प्रगतीको समिक्षा हुनुको साथै चालु आर्थिक बर्षमा कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको धनगढी उप–महानगरपालिकाका मेयर नृपवहादुर वडले बताए।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा बिभिन्न ७ वटा सडक निर्माण हुने छन्। तर अहिले सम्म फोहोरमैला व्यवस्थापन केन्द्र र फोहोर पानी प्रशोधन केन्द्रको भने टुङगो लागेको छैन्।  
 

कमेन्ट लोड गर्नुस