सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटनमन्त्री योगेश भट्टराईका कार्ययोजना सार्वजनिक (पूर्णपाठ सहित)

२०७६ भदौ ९, ०६:०० खबर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन्। 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले ७० वर्षमाथिका वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाए। यसका लागि नेपालमा संचालित विभिन्न वायुसेवा कम्पनीसँग छलफल भइरहेको उनको भनाइ छ।

भावी कार्ययोजन सार्वजनिक गर्ने क्रममा उनले पशुपतिनाथ मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रतिवद्धता जनाए। शवदाह गृहमा मेसिन थप्नेदेखि पशुपति क्षेत्र जेष्ठ नागरिकमैत्री बनाउने, पशुपति क्षेत्रस्थित बागमती आरती लाइभदेखि मन्दिरमा नियमित प्रसाद वितरणसम्म योजना रहेको भट्टराईले बताए। 

पुर्णपाठ हेर्न यो लिकंमा क्लिक गर्नुहोस् :-
 

कमेन्ट लोड गर्नुस