सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरोले घर भत्किदा एक जनाको मृत्यु, दुई घाईते

२०७६ भदौ ९, ०४:५२ डीवि विष्ट

बझाङ जिल्लाको केदार स्यूँ गाँउपालिका वडा नम्बर ८ टोटकामा पहिरोले घर भत्किदा एक जनाको मृतयु भएको छ भने दुई घाईते भएका छन्। एकै परिवारका एक जनाको मृत्यु र दुई जना घाईते भएका हुन्।

घरमाथि बाट आएको पहिरोले केदार स्यूँ गाँउपालिका वडा नम्बर ८ का ४५ बर्षीय जोगी जोशीको घर भत्किदा उनकी श्रीमती बेलु जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा निमित्त कार्यलय प्रमुख ईश्वरी दत्त पाण्डेयले  बताए।

उनको दुबै खुट्टा भाँचिएको र उपचारका लागि कैलाली लैजादै गर्दा केदार स्यूँ गाँउपालिका वडा नम्बर ९ को झोतामा मृत्यु भएको पाण्डेयले बताए। पहिरोमा परि जोगी जोशी र उनकी ७ बर्षीय छोरी धौली जोशी घाईते भएका छन्। उनीहरुको नजीकै रहेको प्राथमीक स्वास्थ्य चौकीमा उपचार भईरहेको छ। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस