सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंकहरु बैंक नभएर साहूजस्ता भएको आरोप

। फोटो स्रोत ।
२०७६ भदौ ९, ०३:०६ खबर संवाददाता

सांसद हृदयश त्रिपाठीले निजी बैंकहरु बैंक नभएर साहुजस्तो भएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बैंकहरुले स्वच्छ बैंकिङ कारोबार नगरेको आरोप लगाएका हुन्। 

उनले भने, ‘निजी क्षेत्रका बैंक, बैंकभन्दा साहूको रुपमा परिणत भए, आफूलाई साहूको रुपमा प्रस्तुत गरे’, कसैको जमानी राम्रो छ जग्गा राम्रो छ भने त्यसलाई आफ्नो हातमा कसरी पर्ने भनेर लाग्छन, यही कारणले बुटबलमा मात्र २ जनाले आत्महत्या गरिसके।’

बैंकहरुले राम्रो धितोलाई जसरी पनि हात पारेर ऋण लगानी गर्ने र चर्को ब्याज असुलीबाट सर्वसाधारणलाई समस्यामा पारेको उनको भनाइ छ। यही कारण जिल्ला जिल्लामा घरवारविहीनको संख्या बढ्दै गरेको सांसद त्रिपाठीले जिकिर गरे।

नेपाल राष्ट्र बैंकले बैंकहरुको नियमन राम्रोसँग गर्न नसकेको भन्दै उनले यस्तै अवस्था रहेमा बैंकहरुमाथि सर्वसाधारणको विश्वास समाप्त भएर जाने बताए। आफूले अध्ययन गर्दा हाल तीनवटा बैंकका सीईओ कुनै बेला सामान्य कर्मचारी हुँदा बैंकिङ कसूरको आरोप लागेको व्यक्ति नै रहेको उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस