सम्राट चौधरी बिहारका नयाँ मुख्यमन्त्री, भाजपाबाट नेतृत्व
सम्राट चौधरी ले भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्। उनी भारतीय जनता पार्टी (भाजपा) बाट मुख्यमन्त्री बनेका हुन्।
उनसँगै विजयकुमार चौधरी र बिजेन्द्रप्रसाद यादव ले मन्त्रीको रूपमा शपथ लिएका छन्। शपथ ग्रहण समारोहमा पूर्व मुख्यमन्त्री नितिश कुमार समेत उपस्थित थिए।
नितिश कुमारको राजीनामापछि सम्राट चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। नितिशले हालै राज्यसभामा शपथ लिएका थिए। उनी सन् २००० मा छोटो अवधिका लागि मुख्यमन्त्री बनेका थिए भने स्थायी रूपमा सन् २००५ नोभेम्बरदेखि नेतृत्व सम्हालेका थिए।