सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका कैलालीका विद्यर्थाी नेता छुटे

२०७६ भदौ ९, ११:३९ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत गालीगलौज गरेको भन्दै पक्राउ परेका युवक प्रहरी हिरासतबाट छुटेका छन्। आईतबार  ईलाका प्रहरी कार्यालय लम्कीले माथीको निर्देशन भन्दै पक्राउ गरेका लम्कीकै २६ वर्षीय ह्रदय उपाध्यायलाई छोडिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उपाध्यायलाई आज बिहान छोडिएको जानकारी दिए। उनले फेसबुकमा गालीगलौज गरेको आरोपमा पक्राउ परेका उपाध्याय छुटेपनि अनुसन्धानकै क्रममा रहेको बताए।

नेविसंघमा आवद्ध विद्यार्थी नेता समेत रहेको उपाध्यायलाई  ईलाका प्रहरी कार्यालय लम्कीले अपराध महाशाखा टेकुले साईबर अपराध अन्तरगत पक्राउ गर्न दिएको आदेशका आधारमा आईतबार नियन्त्रणमा लिएको थियो।

उपाध्यायलाई अपराध महाशाखा टेकु पठाईने बताईपनि कैलालीबाटै रिहा गरिएको हो। उपाध्यायले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै “मुलुक हाँक्ने उखाने हप्तै पिच्छे स्वास्थ्य परिक्षण गर्न सिङ्गापुर उडछन् बिचरा जनता’’ भन्दै स्टाटस लेखेका छन् भने यस्तै उनले  “मृगौलाले काम गर्न छाडे जे हुन्छ राम्रो हुन्छ शुभ समचार सुन पाइन्छ’’स्टाटस पनि लेखेका छन्। 

 

कमेन्ट लोड गर्नुस