सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा सहकारीको भवन निर्माणको काम अलपत्र

२०७६ भदौ ९, ११:२८ कमल सावद

कैलालीको गौरीगंगा नगरपालिकामा विद्युत सहकारीको भवन निर्माण अलपत्र परेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनवेहडा (रानीफाटा)मा रहेको न्यु त्रिपुरा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ भवन निर्माणको काम अलपत्र परेको हो। सहकारीले गत वैशाखबाट भवन निर्माणको काम थालिएको थियो। तर अहिले भवन निर्माणको काम अलपत्र भएको हो।

विद्युत सहकारीका अध्यक्ष शिद्धराज जोशीले काठ अभावका कारण विद्युत सहकारीको भवन निर्माणमा ढिलाइ भएको बताए। ‘सामुदायिक वनलाई काठका लागि निवेदन दिएका छौ। उनले भने, सामुदायिक वनहरुले काठ नदिएपछि भवन निर्माणको काम रोकिएको हो। भदौँ १२ गते विद्युत सहकारीको बैठक आह्वान गरिएको उनले जानकारी दिए। वैैशाखबाट निर्माण थालिएको भवनको जग र पिल्लर हालिएको छ।

 निर्माण स्थलमा सरिया, ढुङ्गा, बालुवा लगायतका निर्माण समाग्री राखिएका छन्। केही सरिया र ईट्टा चोरी भएको आरोप लागेको छ भने, बालवाु पनि पानीले बगाएको छ। आठ बोरा सिमेन्ट विद्युत सहकारीको पुरानो कच्ची भवनमा सडेको छ। वर्षातको पानीका कारण सिमेन्ट सडेको विद्युत सहकारीले जनाएको छ। सहरकारीले भवन निर्माणका लागि नौँ लाख बजेट विनियोजन गरेको थियो।

विद्युत सहकारीको साधारण सभाले भवन निर्माणका लागि नौ लाख विनियोजन नगरेको हो। सहकारीको नयाँ भवनको जग निर्माण र निर्माण सामाग्री खरिदमा सात लाख भन्दा खर्च भएको अध्यक्ष जोशीले बताए।  विद्युत सहकारीका चार सय  ४५ सेवाग्राही छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस