सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रधानमन्त्रीको विरोध गरेको आरोपमा विद्यार्थी नेता पक्राउ परेपछि विरोध

२०७६ भदौ ९, १०:३६ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा फेसबुकमा स्टाटस लेखेको आरोपमा कैलालीमा एक जनालाई पक्राउ गरेपछि चौतर्फी विरोध भएको छ। कैलाली प्रहरीले अपराध अनुसन्धान ब्यूरको आदेशमा नेपाल विद्यार्थी संघका नेता हृदय उपाध्यायलाई कैलालीको लम्कीबाट पक्राउ गरेपछि चौतर्फी विरोध भएको हो।

नेपाली काँग्रेस नगर कार्य समिति लम्की, नेपाली काँग्रेस क्षेत्र नम्वर २ कैलाली, नेपाल विद्यार्थी संघ केन्द्रिय समिति, नेपाल विद्यार्थी संघ नगर समिति र क्षेत्रिय समितिले विज्ञप्ती जारी गर्दै उपाध्याय पक्राउको विरोध गरेका छन्। विज्ञप्तीहरुमा उनको पक्राउ गैरकानुनी भएको आरोप लगाईएको छ भने तत्काल विना सर्त रिहाईको समेत माग गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत गालीगलौज गरेको भन्दै ईलाका प्रहरी कार्यालय लम्कीले २६ वर्षीय उपाध्यायलाई पक्राउ गरेको थियो। उपाध्यायले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै “मुलुक हाँक्ने उखाने हप्तै पिच्छे स्वास्थ्य परिक्षण गर्न सिङ्गापुर उडछन् बिचरा जनता’’ भन्दै स्टाटस लेखेका थिए। 

 

कमेन्ट लोड गर्नुस