कञ्चनपुरबाट खैरो हेरोईनसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डडेल्धुराको भागेरश्चर गाउँपालिका–२ घर भई हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ भासी बस्ने कैलाश कुमार जोशी र भीमदत्त नगरपालिका–६ बस्ने अशोक सुनार रहेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–७ भाँसीमा लागुऔषध कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो धनगढी कैलाली र अस्थायी प्रहरी पोष्ट भासीबाट खटीएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई २.५७ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको जनाएको छ।