सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०७६ भदौ ९, ०६:२९ खबर संवाददाता

अछाममा १३ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। १३ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि जिल्लाको साँफेबगर नगरपालिका वडा नम्वर ३ बस्ने का बर्षीय हिरण्य बहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो।

बालिकाको आमाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि कुँवरलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ। अछाम जिल्ला अदालतबाट ५ दिन म्याद थप गर्दै थप अनुसन्धान भईरहेको समेत जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कमेन्ट लोड गर्नुस