वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
काठमाडौँः वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका छन्।
अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६ सय रुपैयाँसहित शुक्रवार पक्राउ गरेको हो।
मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। अख्तियारको टोलीले उनको साथबाट तीन थान मोबाइलसमेत बरामद गरेको छ।