सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५ करोडको लागतमा धनगढी सभाहलको निर्माण तिव्र गतीमा

२०७६ भदौ ८, ०६:५७ रोशन भट्ट

संघीय सरकारको २५ करोडको लागतमा धनगढीमा सभाहलको निर्माण कार्य तिव्र गतिमा भईरहेको छ। उप–महानगरपालिकाको वडा नम्बर ८ मा निर्माण भईरहेको धनगढी सभाहलको काम तिव्र गतिमा भईरहेको हो। गत वर्षको फागुन महिना देखि निर्माण सुरु गरिएको सभाहलको प्रगती ६ महिनामै ३० प्रतिशत पुरा भएको छ। सुरुवातमा निर्माण स्थलको साईड प्राप्तीका लागि केही समस्या उत्पन्न भएकोमा साईड पाएपछि पछिल्लो समयमा कामले गति लिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका ईन्जिनियर तथा सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले बताए।

‘झण्डै एक हजार जना अटाउने अत्याधुनिक सभाहल निर्माण भएपछि सभा समारोह आयोजना गर्न सहज हुने छ,’ उनले भने, ‘सभाहलमा अन्डर ग्राउण्ड पार्किङको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने म्याट फाउण्डेसनकोको काम सम्पन्न भईसकेको छ।’ ३० महिनाको निर्माण अवधी रहेको उक्त आयोजनाको वित्तिय प्रगती पनि ३० प्रतिशत भन्दा बढि भईसकेको उनले बताए। २५ कारोड २६ लाखमा निर्माण भईरहेको आयोजनामा आठ करोड खर्च भईसकेको छ। सभाहल निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी प्रकाश सेठीले कुनै अवरोध नभए सभाहलको निर्माण निर्धारित समय भन्दा ६ महिना अगाडी नै सम्पन्न गर्ने लक्ष्य छ।

‘२०७८ को असार सम्म निर्माण अवधी रहेको छ,’ निर्माण व्यवसायी सेटीले भने, ‘उक्त आयोजनामा समय लाग्ने वेस म्याटको निर्माण कार्य छोटो समयमै सकिएकाले आगामी दिनमा कामले थप गती लिने  छ।’ आयोजना निर्माणका लागि गत वर्षको माघमा विकोई एमके रोयल जेभीसंग ठेक्का सम्झौता भएको थियो। सभाहल निर्माणका लागि धनगढी माविले जग्गा उपलब्ध गराए वापत विद्यालयको लागि एक भवन निर्माण गरिदिने सम्झौता भएको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस