सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जिप दुर्घटना अपडेटः उपचारका क्रममा चालकको मृत्यु

२०८२ चैत्र २७, ०७:४० खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुमगडा स्थित भित्री कच्ची सडक खण्डमा बिहीबार साँझ जिप दुर्घटनामा घाइते भएका जिप चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने २४ वर्षीय अर्जुन साउदको मृत्यु भएको छ।

साउदको उपचारको क्रममा निसर्ग अस्पताल धनगढी कैलालीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाईते ५ जनाको निसर्ग अस्पताल धनगढीमै उपचार भईरहेको प्रहरीले जनाएको छ।

बिहीवार साँझ करिब ६:०५ बजे पहरीया–कुमगडा सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई करिब ५०–६० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा २ जना कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहरा रहेको घटनास्थलमै मृत्यु भएको थियो। 

कमेन्ट लोड गर्नुस