सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुकमा प्रधानमन्त्रीलाई गालीगलौज गरेको भन्दै कैलालीबाट एकजना पक्राउ

२०७६ भदौ ८, ०५:१७ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत गालीगलौज गरेको भन्दै कैलालीबाट एकजना  पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय लम्कीले माथीको निर्देशन भन्दै लम्कीकै २६ वर्षीय ह्रदय उपाध्यायलाई पक्राउ गरेको हो। उपाध्याय नेविसंघमा आवद्ध विद्यार्थी नेता समेत रहेको बुझिएको छ।

ईलाका प्रहरी कार्यालयले अपराध महाशाखा टेकुले साईबर अपराध अन्तरगत पक्राउ गर्न दिएको आदेशका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। उपाध्यायलाई अपराध महाशाखा टेकु पठाईने इप्रकाले जनाएको छ।

उपाध्यायले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै “मुलुक हाँक्ने उखाने हप्तै पिच्छे स्वास्थ्य परिक्षण गर्न सिङ्गापुर उडछन् बिचरा जनता’’ भन्दै स्टाटस लेखेका छन् भने यस्तै उनले  “मृगौलाले काम गर्न छाडे जे हुन्छ राम्रो हुन्छ शुभ समचार सुन पाइन्छ’’स्टाटस पनि लेखेका छन्।  

कमेन्ट लोड गर्नुस