सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनमी कुट्ने लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

२०८२ चैत्र २४, ०४:२२ खबर संवाददाता

धनगढी: अनमीलाई कुटपिट गर्ने  बैतडीकाे पुर्चौडी-७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई  आइतबार धनगढी-१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए।

कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको छ। लुहारले इट्टाले आफूलाई प्रहार गरेको भट्टले बताइन्।

कुटपिट लगत्तै पक्राउ परेका लुहार अहिले कैलाली प्रहरीको हिरासतमा छन्। लुहार विरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले दिनेशखबरलाई बताए।
'लुहार विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ। अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ,' डिएसपी तिमिल्सिनाले बताए।

एउटै स्वास्थ्यचौकीमा काम गर्ने सहकर्मीसँग फोनमा कुराकानी गरेको भन्दै लुहारले भट्टसँग धनगढी आएर विवाद गरेको पीडित भट्टको दाबी छ। भट्टले फोन गरेको कल डिटेल हेर्ने भन्दै लुहारले नागरिकता मागेका थिए। भट्टल े नागरिकता नदिएपछि उनीमाथि इट्टा प्रहार गर्दै कुटपिट गरिएको भट्ट स्वयंले मिडियामा बोलेकी छन्।

कमेन्ट लोड गर्नुस