सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलि गरिएका सामान बरामद

file photo
file photo
२०८२ चैत्र २२, १०:१० खबर संवाददाता

कञ्चनपुरः भिमदत्त नगरपालिका–११ भुजेला क्षेत्रमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। शनिबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका ती सामान फेला पारेको हो।

प्रहरीका अनुसार करिब रु. १ लाख १० हजार बराबर मूल्यका मोबाइल कभर, विभिन्न किसिमका कपडा तथा किराना सामग्री बरामद गरिएको छ। उक्त सामान अवैध रूपमा भन्सार छलि गरेर नेपाल भित्र्याइएको आशंका गरिएको छ।

बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस