सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बाटोमा लडेर एक महिलाको मृत्यु

२०७६ भदौ ८, ०६:५४ खबर संवाददाता

कैलालीमा हिडिरहेको अवस्थामा बाटोमा लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका १ बस्ने ७० बर्षीय खुलसी डगौराको बाटोमा लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरबाट आफन्तको घर जाने क्रममा बाटोमा लडेर उनी घाईते भएकी थिईन्।

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस