सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खाल्डोमा डुवेर एक बालकको मृत्यु

२०७६ भदौ ८, ०६:४९ खबर संवाददाता

कैलालीमा खाल्डोमा डुवेर एक बालकको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्वर ९ बस्ने अम्मर रानामगरका १२ बर्षीय छोरा उपेन्द्र रानामगरको खाल्डोमा डुवेर मृत्यु भएको हो। खेल्ने क्रममा घर नजिकै रहेको खाल्डोमा डुवेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस