सुदूरपश्चिमका साउँद निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा विजयी
काठमाडौँः काठमाडौँमा सम्पन्न नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा सुदूरपश्चिमका लक्ष्मण साउँद विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा उनले लोकप्रिय मतसहित जित हासिल गरेका हुन्।
साउँद हाल सुदूरपश्चिम प्रदेशका उपाध्यक्षसमेत हुन् र लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका युवा व्यवसायीका रूपमा परिचित छन्।
यसैगरी, उनको प्यानलबाट अध्यक्ष पदमा निकोलस पाण्डे पनि निर्वाचित भएका छन्।