सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डोल जात्रा

२०७६ भदौ ७, ०४:२१ खबर संवाददाता

कृष्ण जन्माष्टमीका अवसरमा धनगढीमा डोल जात्रा निकालिएको छ। बिगतका बर्ष जस्तै  जन्माष्टमीको दोश्रो दिन डोल जात्रा निकाल्ने परम्परालाई यस वर्ष पनि धनगढीमा निरन्तरता दिइएको हो।

धनगढीको नैनादेवी मन्दिर, राधाकृष्ण मन्दिर, रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, बन्देवी मन्दिर लगायत दर्जनौ मन्दिरबाट बिभिन्न झाँकी सहित निस्किएका डोला जात्रा हेर्न धनगढीमा भक्तजनहरुको निकै घुइचो लागेको छ। 

कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्धापर युगमा भगवान बिष्णुको नवौँ अवतारका रुपमा कृष्ण भगवान जन्मेको खुशीमा सदियौदेखि डोलजात्रा निकाल्ने गरिएको छ। डोल जात्रालाई पनि हिन्दू धर्मावलम्वीहरुले कृष्ण जन्माष्टमी जत्तिकै धुमधामसँग मनाउछन्।
 

कमेन्ट लोड गर्नुस