सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक जना लागूऔषधसहित पक्राउ

२०८२ चैत्र १६, ०७:५६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टर नजिकबाट २४ ग्राम १६० मिलिग्राम लागूऔषधसहित सोही नगरपालिका-२ उल्टाखाम बस्ने २७ वर्षीय टेकेन्द्र भण्डारी लागूऔषधसहित पक्राउ परेका हुन्। भण्डारीलाई आईतबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस