सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दशरथ चन्द बैतडी विद्यार्थी समाजद्धारा गौराको शुभकामना आदानप्रदान

२०७६ भदौ ६, ०७:१४ खबर संवाददाता

दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले गौरा पर्वको अवसरमा शुभ–कामना आदान प्रदान कार्यक्रम गरेको छ। विद्यार्थी समाजले प्रदेशको अस्थायी राजधानी धनगढीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो। मौलिक संस्कृतीको संरक्षण एव्म सम्बद्र्धन गर्दै सामाजिक सद्भाव बढाउने उद्देश्यले शुभकामना आदान प्रदान कार्यक्रमका आयोजना गरिएको विद्यार्थी समाजले जनाएको छ।

समाजका अध्यक्ष केशव विष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट रहेकी थिईन्। यस्तै कार्यक्रममा  विभिन्न निकायका व्यक्तिको समेत उल्लेख्य सहभागिता रहेको समाजका अध्यक्ष विष्टले बताए। औपचारीक कार्यक्रमको समापनपछि सुदूरपश्चिमको मौलिक संस्कृती डेउडा खेल मार्फत शुभकामना आदानप्रदान गरिएको छ। 
   
 

कमेन्ट लोड गर्नुस