प्रहरी र एमालेका प्रदर्शनकारीबिच झडप, एक जनाको टाउको फुट्यो
काठमाडौँ : अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ विरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।
माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेका एमाले कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा प्रहरीले लाठी चार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । एक जना घाइतेको टाउकोमा चोट लागेको छ ।
घाइतेलाई एभरेस्ट अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार नौ जना पक्राउ परेका छन् ।