प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट
२०८२ चैत्र १५, ०२:३५
काठमाडौँ: प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उनकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थित थिए। कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ।
कमेन्ट लोड गर्नुस