सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुहिएको अवस्थामा थिङको शव फेला

२०८२ चैत्र १५, ०२:२३ रासस

वाग्मती: विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ भेटिएको हो।

लामो समयदेखि मानसिक समस्याबाट पीडित थिङ गत फागुन २९ गते घरबाट हराएको उल्लेख गर्दै परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएको थियो। खोजीका क्रममा उनको शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस