सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुटुको धड्कन बढेपछि केपी ओली अस्पताल भर्ना

२०८२ चैत्र १४, ०६:०२ खबर संवाददाता

काठमाण्डौँः शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनलाई अस्पतालको भिआइपी क्याबिनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ। उनलाई मिर्गौला प्रत्यारोपणका बिरामीलाई राख्ने बेडमै राखिएको अस्पतालले जनाएको छ।  

त्यहाँ भर्नाअघि ओलीलाई आकस्मिक कक्षको २७ नम्बर बेडमा राखिएको थियो। त्यहाँ उनको परीक्षणपश्चात भिआइपी क्याबिनमा भर्ना गरिएको हो। अहिलेको प्रारम्भिक स्वास्थ्य परीक्षणमा ‘चेस्ट पेन’ र ‘पाल्पिटेशन’ (मुटुको धड्कन असामान्य हुने समस्या) देखिएको बताइएको छ। अस्पतालले ओलीलाई इसीजी मनिटरमा राखेर मुटुको चालको निरन्तर निगरानी गरिरहेको छ भने मिर्गौला सम्बन्धी विशेषज्ञ चिकित्सकको टोलीले समेत स्वास्थ्य अवस्था नजिकबाट अनुगमन गरिरहेको छ। 

भक्तपुरको गुण्डुबाट पक्राउ गरी उनलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याएको थियो। त्यहाँ केही बेर राखेपछि उनलाई स्वास्थ्य जाँच गराउन त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो।

कमेन्ट लोड गर्नुस