सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कार्यालय च्यासलमा पत्रकारमाथि दुर्व्यवहार र हातपात

२०८२ चैत्र १४, ०२:५८ खबर संवाददाता

काठमाडौँ: नेकपा एमालेको सचिवालय बैठक कभरेज गर्न पुगेका पत्रकारमाथि पार्टी कार्यकर्ताले दुर्व्यवहार तथा हातपात गरेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका क्रममा कार्यकर्ताहरूले पत्रकारमाथि गालीगलौज गर्दै आक्रमण गरेको जनाइएको छ। घटनामा कान्तिपुरका दया दुदराज, अनलाइनखबरका कौसल काफ्ले र प्रसुन संग्रौलामाथि दुर्व्यवहार गरिएको छ।

फोटो खिच्न खोजेको विषयलाई लिएर आक्रोशित बनेका कार्यकर्ताले ‘देश जल्दा तिमीहरूको क्यामेरा कहाँ थियो?’ भन्दै पत्रकारमाथि हातपात गरेका थिए। यसअघि पनि केही पत्रकारलाई लखेटिएको बताइएको छ।

शनिबार बिहान अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको थियो। सोही बैठक कभरेज गर्न पुगेका सञ्चारकर्मीमाथि यस्तो व्यवहार भएको हो।
 

कमेन्ट लोड गर्नुस