सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

२०८२ चैत्र १४, १२:५३ खबर संवाददाता

डडेल्धुरा: लागूऔषध सम्बन्धी मुद्दामा सजाय पाएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत डडेल्धुराको फैसलाअनुसार ३ महिना २५ दिन कैद सजाय तथा रु. ३५,००० जरिवाना तोकिएका नवदुर्गा गाउँपालिका–२ का २८ वर्षीय खेमराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अस्थायी प्रहरी पोस्ट बेडुपानीबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८२ चैत १३ गते आफ्नै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका भट्टलाई खोजी गर्ने अभियान अन्तर्गत पक्राउ गरिएको हो। उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस