सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले कार्की आयोगको प्रतिवेदन नमान्ने

२०८२ चैत्र १४, १२:३५ खबर संवाददाता

काठमाडौँः नेकपा एमाललेले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अस्वीकार गरेको छ।

शनिवार बसेको एमाले सचिवालय बैठकले कार्की आयोगको प्रतिवेदन नमान्ने निर्णय गरेको हो।

एमाले बैठकले ओली र लेखकलाई तत्काल रिहा गर्न माग गर्ने निर्णयसमेत गरेको महासचिव शंकर पोखरेलले बताए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति सुरुदेखि नै असहमति रहेको भन्दै प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको पार्टीको ठहर रहेको महासचिव पोखरेलले बताए।

भदौ २३ र २४ गतेको घटनामा सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।

कमेन्ट लोड गर्नुस