सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिस डा. शेरचनको ७ बुँदे प्रष्टिकरण सार्वजनिक

२०७६ भदौ ६, ०४:१९ खबर संवाददाता

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि सिफारिस भएका तीनै जना उम्मेद्वारको योग्यतामा प्रश्न उठेपछि सिफारिसको एक नम्बरमा रहेका डा. सुरेन्द्र शेरचनले ७ बुँदे प्रष्टिकरण सार्वजनिक गरेका छन्। डा शेरचनले प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्षका लागि आफ्नो योगग्यता पुग्ने दाबी गरेका छन्। उनले योग्यताका विषयमा उठाइएको प्रश्नको खण्डन गर्दै सत्यतथ्य बाहिर ल्याउन खोजेको पनि दाबी गरेका छन्।

उपाध्यक्ष सिफारिस समितिले डा. शेरचनसहित डा शम्भु पहारी र डा श्रीकृष्ण गिरीलाई क्रमशः दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको छ। सिफारिसमा परेका उनीहरु सबैको राष्ट्रिय चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड अनुसार योग्यता नपुगेको भन्दै विभिन्न प्रश्नहरु उठेको छ। सोही विषयमा डा शेरचनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

डा. शेरचनको ७ बुंदे प्रष्टिकरण :-

उपाध्यक्ष सिफारिस समितिले सिफारिस गरेका ३ जनाप्रत्यासिहरु मध्ये वरियताको क्रममा प्रथम स्थानमा रहेको म प्रा.डा. सुरेन्द्र शेरचन निम्न सत्य–तथ्य सहित गलत र भ्रमपूर्ण समाचार खण्डन गर्न निम्न स्पष्टिकरण पेश गर्दछु। 

१) तात्कालिन सोभियत संघ, हालको  युक्रेनको खार्कोभ मेडिकल इन्स्टिच्युटबाट सन् १९८५ मा एम.डि. र सन् १९८८ मा साइक्याट्रि विधामा विशेषज्ञता हासिलगरी २०४८ बाट सरकारी जागिरमा प्रवेश गरेको हुँ। 

२) २०६४ देखि २०७४ मा अनिवार्य  अवकाश अन्तर्गत सेवानिवृत नभएसम्म देशको एक मात्र केन्द्रिय मानसिक अस्पतालको प्रमुख (निर्देशक) भै कार्य गरे। २०६९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चि.वि.रा.प्र.) अन्र्तगत मानसिक अस्पतालमा एम.डि. साइक्याट्रि (मानसिक रोग विशेषज्ञ) उत्पादन गर्ने पोष्ट ग्राजुयट प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न २०६९ मा सह–प्राधापक र ०७१ मा प्राध्यापक पदको उपाधि प्राप्त गरी तथा संयोजक भई कार्यक्रम सञ्चालनमा आएको हो। 

३) २०३९ देखि २०७४ सम्म जम्मा ५ वर्षको अवधिमा ३ व्याच गरी ५ जना एमडी साइकियाट्री डिग्री प्राप्त मनोचिकित्सहरु मेरै संयोजकत्वमा र प्राध्यापकत्वमा उत्पादन भएका हुन्। यस तथ्यलाई नजर अन्दाज गरी “मेडिकल कलेजमा अध्यापन” नै नगरेका भन्नु भ्रम फैलाउने कार्य हो। 

४) मेरो डिग्री बारे अवमुल्यन गर्ने प्रयास गरिएको छ। तात्कालिन सोभियत संघबाट साइक्याट्रि विषयमा विशेषज्ञता हासिल गरेको डिग्रीलाई त्रि.वि.बाट स्नातकोत्तर डिग्री सरह समकक्ष स्तर निर्धारण गरिएको छ तथा चि.वि.रा.प्र.को प्राज्ञिक परिषदले स्नातकोत्तर उपाधिको मान्यता प्रदान गरेको छ। 

५) स्नातकोत्तर तहको डिग्री हासिल गरी २६ वर्षको कार्य अनुभव भएको चिकित्सकलाई स्नातकोत्तर डिग्री हासिल गरी २० वर्षको कार्य अनुभव नभएको भनि प्रस्तुत गर्नु  तथ्य जानकारी नलिई प्रस्तुत गरेको देखियो। 

६) दलगत राजनीति सँग कुनै प्रकारको आवध्द्धता नरहेको विशुद्ध व्यावसायिक चिकित्सकलाई प्रतिष्पर्धामा प्रथम बरियतामा सिफारीस गरिदा समेत एक जना जनजाति समुदायका चिकित्सकलाई राजनीतिक व्यक्तित्व अमिक शेरचनसँग नाता रहेको विषयसँग जोडि अनावश्यक राजनीतिक रङ्ग दिन खोज्नु दृष्टिदोष भएन र?

७) केहीवर्ष पहिला मात्र एन.एम.सि.ले विशेषज्ञता दर्ता गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको कारणले मेरो पनि २०१५ मा विशेषज्ञताको दर्ता गरिएको यथार्थलाई गलत व्याख्या गरी विशेषज्ञता हासिल गरी २० वर्ष कार्य अनुभव चाहिने मापदण्ड सम्बन्धी सन् १९८८ मा नै विशेषज्ञता हासिल गरेका चिकित्सकलाई पुरा नगरेको प्रमाणित गर्न खोज्नु पूर्ण रुपमा खोटपूर्ण छ। 

प्रा.डा.सुरेन्द्र शेरचन
मिति : २०७६/०५/०६

 

कमेन्ट लोड गर्नुस