सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको प्रवक्ताकाे जिम्मेवारी शिक्षामन्त्री सस्मित पोखरेललाई

२०८२ चैत्र १३, ०५:३१ खबर संवाददाता

काठमाडौं: सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।

नयाँ सरकार गठनपछि आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्री पोखरेललाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै उनले सरकारका निर्णयहरू सार्वजनिक गरेका थिए।

बैठकले समग्रमा चार महत्वपूर्ण निर्णय गरेको छ। जसअनुसार शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने, तथा जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

सरकारले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै ती निर्णयहरू कार्यान्वयन गर्ने जनाएको छ।

कमेन्ट लोड गर्नुस