सुदूर नेपाललाई विश्वसँग जोड्दै

गगन थापाको प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना

२०८२ चैत्र १३, ०३:४१ खबर संवाददाता

काठमाडौँः  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

थापाले प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासन प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गरेका छन्।

उनी प्रधानमन्त्री शाहको शपथग्रहण समारोहमा भने सहभागी भएनन्।

उनले शुक्रबार मात्रै गठित सरकारका हरेक सकारात्मक प्रयासमा नेपाली काँग्रेसको तर्फबाट रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता जनाएका छन्। 

कमेन्ट लोड गर्नुस