सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’

२०८२ चैत्र १३, ०३:१८ रासस

महेन्द्रनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बन्नुभएपछि बुवा जयराम डगौंराले जनताको हितमा काम गर्न सुझाएका छन्।

“छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ।” गीताका बुवा जयरामले भने, “सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस ।” 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा समानुपातिक सांसद बनेकी गीता यहाँबाट चौधरी समुदायबाट सङ्घीय सरकारको मन्त्री बन्ने पहिलो थारु महिला हुन्। शुक्लाफाँटा नगरपालिका–३ स्थित जनज्योति आधारभूत विद्यालय जोनापुरमा प्रावि तहको अध्ययन गर्नुभएकी चौधरीले माध्यमिक तहको अध्ययन राष्ट्रिय मावि पिपलाडीबाट गरेका थिए। झलारी बजारमा रहेको श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकि उनले काठमाडौँ स्कुल एफ लबाट स्नातक र स्नाकोत्तर तह नेपाल ल क्याम्पसबाट पूरा गरेकि हुन्। चौधरी  कानुन व्यवसायीसमेत छन्।

“सात बहिनी र एक भाइमध्येकी माहिली गीता बाल्यकालदेखि नै अध्ययन र समाजका हुने विभेद् र कुरुतिकाविरुद्ध बोल्थिन् ।” बुवा जयरामले भने–“हामी निम्म आयस्रोत भएको परिवारबाट मन्त्री बनेको खबरले हर्षित छौँ।” साधारण लेखपढ गरेका गीताका बुवा जयरामले छोराछोरी पढाउन निकै सङ्घर्ष गरेको बताए।     
“खेती किसानी र पछिल्लो समय सटरिङको काम गरेर घरखर्च र छोराछोरीको खर्च जुटाउँदै आएको छु”, उहाँले भन्नुभयो–“छोरीको मेहनत र अध्ययन सफलताले यहाँसम्मको सफलता मिलेको हो ।”

त्यसैगरी मन्त्री गीताका फूपाजु डम्बर चौधरीले अध्ययनका लागि निकै दुखः गरेको बताए। “पढाइका लागि ऋण गरेर भए पनि पछि नहट्ने बानी थियो”, उनले भने, “विवाहपछि अध्ययनसँगै र राजनीतिमा होमिएर यो स्थान बनाइन्।”

बुटवलको सैनामैनाका सुनिल चौधरीसित विवाह गर्नुभएकी चोधरीका एक छोरी हुनुहुन्छ । गीताका श्रीमान् सुनिल कृषि क्याम्पसमा अध्यापन गर्नुहुन्छ । विभिन्न क्लब, बाल क्लब र संस्थामा आवद्ध हुन मन पराउने चौधरी करातेको समेत खेलाडी हुनुहुन्छ । चौधरीले भन्नुभयो, “घरको दयनीय अवस्थाकाबीच पनि गीताले गरेको सङ्घर्ष प्रेरणादायी छ ।”


नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गीता सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नुभएको थियो । पहिलो पटक उम्मेदवार हुँदा पनि उहाँले सम्मानजनक मत पाउनुभएको थियो । केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएकी चौधरीलाई रास्वपाले यहाँबाट समानुपातिक उम्मेदवार बनाएको थियो ।

कमेन्ट लोड गर्नुस